Friday, September 18

शाहरुखसँगको ‘जीरो’ श्रीदेवीको अन्तिम फिल्म

बलिउड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा असामयिक निधन भयो । उनले अभिनय गरेको पछिल्लो फिल्म थियो मम । जसबाट उनी फिल्म फेयर अवार्डको उत्कृष्ठ अभिनेत्रीको नोमिनेशनमा परेकी थिइन् । श्रीदेवीका फ्यानहरुले अब उनका फिल्म हेर्न पाउने छैनन् ।

उनले अभिनय गरेको एक मात्र फिल्म रिलिजको तयारीमा छ । उनले शाहरुख खानको फिल्म ‘जीरो’मा अतिथि भूमिका निर्वाह गरेकी छिन् । त्यो फिल्म नै अब श्रीदेवीको अन्तिम फिल्म हुनेछ ।

शाहरुखलाई अत्यन्तै मन पराउने श्रीदेवीले ‘जीरो’मा गरेको अभिनय नै अन्तिम रुपमा पर्दामा देख्न सकिनेछ । ‘जीरो’ आगामी क्रिसमसको मौका पारि २१ डिसेम्बरमा रिलिज हुँदैछ ।