Saturday, October 24

अन्तिम अन्तर्वार्तामा यसरी किन रोएकी थिइन् श्रीदेवी ? (भिडियो सहित)

शनिबार अबेर राति जब भारत सुतिरहेको थियो, तब दुबईबाट आएको एक नकारात्मक समाचारले सबैलाई स्तब्ध बनायो।

समाचार यति भनायक थियो, धेरै बेरसम्म मानिसहरुले सो समाचारमाथि विश्वास नै गरेनन्। धेरै मानिसले यसलाई अफवाह भएको र अफवाह नै होस भनेर कामनासमेत गरे।

तर केही समयपछि नै त्यो नकारात्मक समाचारको पुष्टि भयो। ५४ वर्षीया बलिउड अभिनेत्री श्रीदेवी अब यो दुनियामा रहिनन्।

अहिलेसम्म प्राप्त जानकारीका अनुसार उनी दुवईमा एक विवाह समारोहमा सरिह हुन गएकी थिइन र उनलाई ठूलो कार्डियक अरेस्ट भयो।

दुबली–पातली श्रीदेवी आफ्नो फिटनेसलाई लिएर यति सजक थिइन, तै पनि उनलाई कसरी हृदयघात भयो?

कार्डिएक अरेस्ट के हो? यो मानिसको शरीरका लागि यति खतरनाक कसरी हुन्छ? हार्ट ओआरजीका अनुसार कार्डिएक अरेस्ट अचानक हुन्छ र शरीरकातर्फबाट कुनै चेतावनी पनि दिइँदैन।

यही कारण आम रुपमा मुटुमा हुने इलेक्ट्रिकल गडवडले धडकनको तालमेल बिगारिदिन्छ। यसले मुटुको पम्प गर्ने क्षमतामाथि पनि असर गर्छ। र, दिमाग, मुटु र शरीरका अन्य भागसम्म रगत पुर्याउन पनि असफल हुन्छ। यसमा पाँच सेकेण्डभित्रै मानिस व्यहोस हुन्छ र मृत्यु पनि हुनसक्छ।

डाक्टर सौरभ वंसलले भने, ‘यो निकै दुखद हो, कसैले पनि यसको कल्पना गरेका थिएनन्।’ कार्डिएक अरेस्टलाई मृत्युको अन्तिम विन्दु पनि भनिन्छ। यसको अर्थ मुटुको धडकन बन्द हुन्छ र त्यही कारण मृत्यु हुन्छ।

भिडियो सहित