Wednesday, September 30

मनोज पुनको इन्काउनटर भएको केही दिनमै अर्का अभियुक्त रेशम चौधरीले गरे आत्मसमर्पण(भिडियो रिपोर्ट)

पोखरा- टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् ।

फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् ।चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् । केहि दिन अगाडीमात्र भारतमा रहेका गुण्डा नाइके मनोज पुनको प्रहरीले इन्काउनटर गरेको थियो सामाजिक संजालहरुमा कतै यसैको डर त लागेन भन्ने खालका सामग्रीहरु आइरहेका छन्।-ओएसनेपाल

हेर्नुहोस भिडियो रिपोर्ट यस्तो छ रेसम चौधरीले आत्मसमर्पण गर्नुको वास्तविक कारण