Monday, April 19

भुन्टी र कान्छी सिरियलकी ‘मु, कुली’ श्रीमान र छोरीसहित पहिलो पटक मिडियामा । २३ जना छोराछोरी छन्, कुनै दिन भात खान चामल पनि थि, एन (भि, डियो हेर्नुस)

2021-03-17 239

२०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो । उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया पसलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो ।

फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सानो बच्चाको आवाज रिताको कानमा आएर ठोक्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झसङ्ग भइन् । मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अपत्यारिलो थियो । ठीक एक छिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै । एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँघुरो बनाइदियो ।

काभ्रेबाट आएको त्यो सानो बच्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौठो आइदियो । बालकले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न ।’ त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् ।

अभिभावकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् । कताकताबाट रिताको सामाजिक कामबारे सुनेकै आधारमा ती बालकको संरक्षण गरिरहेकी एक महिलाले रितालाई फोन गरेकी रहिछन्, जसमा बालक आफैले रितालाई गुहारे । त्यो थाहा पाएपछि रिताले आवश्यक कानुनी प्रक्रिया पुर्याएर ती बालकलाई काठमाण्डौ ल्याइन् । यसैबिच रिता आफ्नो श्रीमानको साथमा मिडियामा आएकी छिन् । भुन्टी सिरियलमा मुकुली चरित्रमा अभिनय गरेर झनै लोकप्रियता कमाएकी रिता र उनको श्रीमानले एक अर्काको पोल खोले ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्