Saturday, July 31

आज फेरि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार हुदै छ त ?

2021-03-19 407

फेरि घट्यो सुनको मूल्य, आज प्रतितोला कति ?

काठमाडौं । शुक्रवार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८६ हजार ७ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवासी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८६ हजार २५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि ओरालो लागेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो । आज १५ रुपैयाँले घटेर तोलाको १२ सय ७५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्