Monday, September 28

प्रधानमन्त्री ओलीकै कारण टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चाैधरी कालकोठरीमा ..(पुरा बिबरण हेर्नुहोस )

प्रधानमन्त्री ओलीकै कारण टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चाैधरी कालकोठरीमा, ओलीलाई चौतर्फी बधाईको ओइरो

एक नाबालक र प्रहरीका एक एसएसपीसहित ९ सुरक्षाकर्मीकाे जघन्य र बर्बर हत्या भएकाे टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चाैधरी अन्ततः कालकाेठरीमा पुगेका छन् ।
उनलार्इ पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीले अाज अादेश दिएकाे छ। अाज बिहान ११ बजे चौधरीले अदालतसमक्ष अात्मसमर्पण गरेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली प्रधानमन्त्री बनेसँगै शान्ति सुरक्षा सुदृढ राख्न सुरक्षाकर्मीलार्इ कडा निर्देशन दिइएकाले अब जाेगिन नसक्ने देखेपछि चाैधरीले अाज बिहान कैलाली जिल्ला अस्पतालमा अात्मसमर्पण गरेका थिए ।

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका चौधरीलाई न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

चौधरीको तर्फबाट अधिवक्ताहरु मिलनकुमार राई, गंगाराम पाध्याय र गजेन्द्र केसीले बहस गरेका थिए ।

सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारीसहितका अधिवक्ताहरूले बहस गरेका थिए । १६ गतेका लागि अर्को पेशी तोकिएको छ ।

लामाे समयदेखि प्रहरीकाे अाँखा छल्दै उनी भारतका विभिन्न स्थानमा लुकेर बस्दै अाएका थिए । यसअघिका सरकार प्रमुखले उनलार्इ पक्राउ गरी अपराधअनुसार दण्ड दिन चासाे नराख्दा उनले उन्मुक्ति पाइरहेका थिए ।

चाैधरी कारागार चलान भएसँगै सामाजिक सञ्जालहरूमा केपी अाेली सरकारलार्इ बधार्इकाे अाेइराे अाइरहेकाे छ ।
जूमनेपालमाखबर छ |