Thursday, September 24

आजको राशिफल: वि.सं. २०७४ फाल्गुन १६ गते बुधबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी २८ तारिख -हेर्नुहोस आजको तपाइको भाग्यफल ..

वि.सं. २०७४ फाल्गुन १६ गते बुधबार तदनुसार ई. सं. २०१८ फेब्रुवरी २८ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११३८, (चिल्लाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे, फाल्गुन शुक्लपक्षको त्रयोदशी तिथि, बिहान १०:२६ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०१:०५ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०१:०५ बजेसम्म, त्यसपछि सिंह राशिमा, शोभन योग, बिहान १०:२२ बजेसम्म, त्यसपछि अतिगण्ड योग, तैतिल करण, बेलुका ०९:२३ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, फागु पूर्णिमा, चिर दाह, पहाडी जिल्लामा होली पर्व, मन्वादि, तोरन्ल पर्व (थकाली), भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), १८ गते : वसन्तादि, तराईका जिल्लामा होली पर्व, तेल लगाउने र आँपको मुजुरा खाने दिन, मत्स्येन्द्रनाथ स्नान (नाला), गणगौर पूजा प्रारम्भ, चकयाँत, धूलयाँत, नालान्हवं (नेवारी पर्व), मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), १९ गते : त्रिपुष्कर योग राती १०।२६ बजेसम्म, सन्तनेता किसुनजी स्मृतिदिवस, मूहुर्त : शुभविवाह,

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिआएका काममा सहयोग माग्दा पाउन गाह्रो छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति÷प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके÷ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

स्रोत:-पुर्बेलीन्युजबाट |