Thursday, October 29

मृत्युपछि श्रीदेवीको अन्तिम इच्छा यसरी पुरा हुँदैछ आज !

एजेन्सी– अन्तिम श्रद्धान्जलीका लागि श्रीदेवीको पार्थिव शरीर अहिले मुम्बईको सेलिब्रेसन स्पोर्टस क्लबमा राखिएको छ। जहाँ बलिउडका हस्ती र उनका हजारौं फ्यान जम्मा भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार परिवारले श्रीदेवीको अन्तिम इच्छा पूरा गर्ने कोसिस गरिरहेका छन्।

उनको अन्तिम इच्छा थियो– आफ्नो शव यात्रामा सबै चिज सेतो हुनुपर्छ । श्रीदेवीकै इच्छा अनुसार उनको शव बोकेको ट्रक पनि सेतो बनाइएको छ। उनको शवयात्रामा सहभागी हुने सबैलाई सेतो कपडा लगाउन परिवारले आग्रह गरेका छन्।