Tuesday, September 29

भारतमै गएर पूर्वउपराष्ट्रपति परमानन्द झाले भने–”चिन सँग डराउनु पर्दैन नेपाल माग्नेहरुको देश हो”

भारतमै गएर पूर्वउपराष्ट्रपति परमानन्द झाले भने–”चिन सँग डराउनु पर्दैन नेपाल माग्नेहरुको देश हो”

काठमाडौं । नेपालका पूर्वउपराष्ट्रपति परमानन्द झाले भारतमा पुगेर नेपाललाई ‘मगन्ते देश’ को संज्ञा दिएका छन् ।

भारतको दरभंगामा आफू पढेको विद्यालयको पूर्वविद्यार्थी सम्मेलनमा सहभागी हुन गएका झाले भारतीय अखबार ‘दैनिक जागरण’सँग कुरा गर्दै नेपाल ‘मगन्ते देश’ रहेको बताएका हुन् । ‘दैनिक जागरण’ले बुृधबारको अंकमा पूर्वउपराष्ट्रपति झासँगको वार्तामा आधारित रहेर समाचार प्रकाशन गरेको छ ।

‘चीन से डरनेकी जरुरत नहीं’ चीनसँग डराउन जरुरी छैन शीर्षक समाचारमा सो अखबारले पूर्वउपराष्ट्रपति झासँगको वार्तालाई समावेश गरेको छ ।

पछिल्लो समय चीनसँग नेपालको बढ्दो निकटता र भारतसँग बढेको दुरीबारे सोधिएको सवालमा पूर्वउपराष्ट्रपति झाले दिएको जवाफ उद्धृत गर्दै सो अखबारले लेखेको छ, ‘यो भ्रम सिर्जना गर्ने सोच हो । यसमा कुनै सत्यता छैन ।’।