Monday, April 19

“तितो सत्य”को दिपक र दिपाको छोरा राज आचार्य ६ बर्षपछि मिडियामा। श्रीलाई सम्झेर भा, वुक बने (भिडियो सहित)

2021-03-25 367

थुप्रै चलचित्र र टेलिचलचित्रहरुमा अभिनय गरेका कलाकार राज आचार्य ६ बर्षपछि मिडियामा आएका छन् र राज तिनै कलाकार हुन्, जो तितो सत्य हास्य सिरियलमा कुनै समय दिपक राज गिरी र दिपा श्री निरौलाको छोराको भुमिकामा थुप्रै एपिसोडहरुमा प्रस्तुत भए ।

सन्तानको माया चलचित्रबाट बालकलाकारको रुपमा कलाकारिता थालेका राज बिचमा भने हराए । उनी सि.ए पढ्दै थिए र समय अनुकुल भएपछि मिडियामा आउने र कलाकारितामा फेरी चलायमान हुने सोचमा थिए । यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालसँग कुरा गर्दै राजले आफु एक म्युजिक भिडियो मार्फत फेरी कला क्षेत्रमा आउन लागेको जानकारी दिए ।

उनले सक्किगोनिको मुन्नीसँग पहिलो म्युजिक भिडियोमा अभिनय गरेका छन् । शिशिरसँगको कुराकानीमा उनले धेरै सम्झनाहरु सुनाए । चलचित्र हामी तिन भाईमा सानो श्रीकृष्ण श्रेष्ठ बनेको अनुभव सुनाउँदै उनले श्रीकृष्णको स्वर्गारोहण हुँदा आफु दुखी भएको पनि सुनाए ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्