Monday, October 2

आज बाँडफाँड हुदै ज्योति लाइफको IPO ..यसरी हेर्न सकिने रिजल्ट ?

2021-03-26 1155

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको आज ‘प्रि अलटमेन्ट’ भएको छ । मंगलबार ‘प्रि अलटमेन्ट’ भएको कम्पनीको शुक्रबार आईपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ५९ लाख ९४ हजार कित्ता आईपीओ १० कित्ताका दरले वितरण गरेको छ ।

कम्पनीको प्राथमिक शेयरमा १८ लाख ४ हजार ६४८ जनाले तीन करोड ८० लाख ५७ हजार कित्ताको लागि आवेदन दिएका छन् ।

आईपीओ रिजल्ट कसरी हेर्ने ?

सिडिएससीले मेरो शेयर बाहेक आईपीओ रिजल्ट डट सिडिएससी डट कम डट एनपि (https://iporesult.cdsc.com.np) बाट हेर्ने व्यवस्था मिलाएको छ ।

प्रतिकृया दिनुहोस्