Thursday, April 15

राउटे बस्तीबाट भाइरल सम्झना शाहीको म्युजिक भिडियो सुटिङ्ग होला त ? (भिडियो सहित)

2021-03-26 1659

राउटे बस्तीबाट भाइरल सम्झना शाहीको म्युजिक भिडियो सुटिङ्ग होला त ? (भिडियो सहित ।भिडियो सामाग्री तलको समाचार पस्चात समाबेस गरीयको छ। स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं, मर्निङ वाक् नगरौं

१३ चैत, काठमाडौँ । काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुला स्थानमा नबसौं, नखेलौं, मर्निङ वाक्मा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौं।’

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ। यस्तै फोहोरमैलाको उचित व्यवस्थापन गर्न र जथाभावी नजलाउनसमेत सचेत गराएको छ ।

‘घर बाहिर निस्कनै परे अनिवार्य मास्क प्रयोग गरौं’ मन्त्रालयले भनेको छ, ‘ कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालन गरौं/गराऔं ।’

यस्तै धुवाँ, धुलो उड्ने ‍खालका पेशा, व्‍यवसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन पनि नचलाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्