Saturday, October 31

सिरियामा अमेरीकी सैनीक माथी रसियाले गर्यो अहीले सम्मकै ठुलो कारबाही…

दमास्कस । रसियाले आफ्नो सबैभन्दा आधुनिक युद्धक विमान सिरियामा पठाएको एक अमेरीकी सैन्य अधिकारीले सि.एन. एन.सँग बताएका छन् । यसको परिचालनले सो देशमा काम गरिरहेका अमेरिकीफौजलाई खतरा हुन सक्ने अमेरीकी अधिकारीहरुले चिन्ता गरेका छन् ।एसयु–५७ नामक सो युद्धक विमान रुसको सबैभन्दा आधुनिक सैन्य जेट मानिन्छ ।

यसलाई स्टेल्थ क्षमताले सुसज्जीत गरिएको छ । रसियाको कदम राष्ट्रपति भ्लामिर पुटिनले सिरियामा रसियाको संलग्नता घटाउने वाचा गरे बाबजुद आएको हो । रसियाको निर्णय अमेरीकाले आफ्नो सबैभन्दा अत्याधुनिक युद्ध विमान एफ–२२ स्टेल्थ विमान परिचालन गरेपछि आएको हो ।अमेरिकाले सो विमान फेब्रुअरी ७ मा आफूले समर्थन गरेको फौजमाथि सिरिया सरकार समर्थक फौजले हमला गरेपछि पठाएको थियो ।

अमेरीकी अधिकारीहरुले अमेरीकी र तिनको समर्थन रहेको सिरियन डेमोक्रेटिक फोर्सको क्याम्पमा ५०० राज्यसमर्थक फौजले हमला गरेको जनाएको छ । रसियाले आफ्नो युद्धक विमानहरुलाई सिरियास्थित खमेमीम हवाई आधारमा राखेको छ । रसियाले आफ्नो युद्धक विमान अमेरीकाको एफ–२२ को जवाफमा परिचालन गरेको हो वा उसले सिरियाको द्वन्द्वको बाहानमा आफ्नो सबैभन्दा आधुनिक जहाज परिक्षण गर्न लागेको हो स्पष्ट छैन ।

एस.यू.–५७ स्टिल्थ प्रविधि प्रयोग गर्ने पहिलो रुसी सैन्य विमान हो । यो विमानलाई हवाई लडाइँ र जमिनमा आक्रमण गर्न मिल्ने हिसाबले डिजाइन गरिएको छ ।रुसी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार यी जेटहरु सन् २०१८बाट रुसी सेनाको प्रयोगका लागि ल्याउने कार्यशुची थियो । साथै उसले रुसी सरकारले प्रारम्भमा कुल १२ जहाजहरु मगाएको जानकारी दिएको छ ।deemple.com