Monday, October 18

नेपाल र बंगलादेश बीचको फु टबल खेल सुरु ! लाइभ भिडियो हेर्नुहोस्…

2021-03-27 1077

काठमाडौं । नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ । त्रिदेशीय नेसन्स कप फुटबल अन्तर्गत साढे पाँच बजेदेखि बंगलादेश र नेपालबीचको खेल सुरु भएको हो । बंगलादेशविरुद्धको खेलमा अन्जन बिष्ट र अभिषेक रिजालले फरवार्डको जिम्मेवारी सम्हालेका छन् । प्रशिक्षक बालगोपाल महर्जनले अभिषेक र अन्जनलाई आक्रमणको जिम्मेवारी दिएका हुन् ।

यस्तै मिडफिल्डमा त्रिदेव गुरुङ, सन्जोग राई, रवि पाश्वान र तेज तामाङ छन् । रक्षापंक्तीमा भने अनुभवी डिफेन्डर रोहित चन्दका साथै अनन्त तामाङ, रञ्जित धिमाल र दिनेश राजबंशी छन् । कप्तान किरण गुरुङ गोलकिपरमा छन् ।

आजको खेलबाट त्रिदेव गुरुङ र सन्जोग राईले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेका हुन् । यसअघि यही टिमले किर्गिस्तानविरुद्ध खेलेको थियो । बंगलादेशले भने सबै नयाँ खेलाडी नेपालविरुद्ध उतारेको छ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले हराउँदा नेपालले भने गोलरहित बराबरी खेलेको थियो ।

प्रतिकृया दिनुहोस्