Tuesday, September 29

मालपोतको कुर्सी देखि ढड्डा सच्याउने सबै दलालै दलाल । यसरी दुख दिन्छन् लाइसेन्सको नेपालीकरणमा ! (भिडियोसहित)

कलङ्की मालपोत– हामी सरकारी कार्यालयहरूमा हुने घुसखोरी र अनियमितता देखाउँदै आएका छौ । सरकारी कार्यालयहरू बाट प्रदान हुने सेवा सेवाग्राहीले छिटो छरितो पाउनु पर्छ । तर हाम्रो देशमा सेवाग्राहीसंग प्रत्यक्ष जोडिने सरकारी कार्यालयहरूमा सर्वसाधारण नागरिकले सधैँ दुख पाइरहेका हुन्छन् ।

सजिलै हुने कामका लागि पनि कर्मचारी चिन्नु पर्ने, सोर्स फोर्स लगाउने परम्परा छ । सेवाग्राहीसंग पैसा लिएर काम गराउने विचौलियाको विगविगी छ । कर्मचारीहरूको साठगांठमा ती विचौलियाहरु सेवाग्राहीसंग पैसा उठाउने गर्छन् । यस्तै अवस्था छ कलङ्की मालपोत कार्यालयको । हाम्रा दर्शक सोमवार उक्त कार्यालय पुग्दा कार्यालयमा कर्मचारी नभई लेखापढी गर्न काम मिलाइदिने विचौलियाहरुको विगविगी थियो । कर्मचारी बस्ने कुर्सीमा समेत उनीहरू बसिरहेका थिए ।

संवेदनशील कागजपत्र फाइल र कम्पुटर समेत यिनै विचौलियाहरुको हातमा छ । कस्तो अचम्म ? कर्मचारी बाहेक कसैले पनि छुन नपाउने कार्यालयका दस्तावेजहरुमा विचौलियाहरुको रजाई । त्यो सबै भिडियो रेकर्ड गरेका हाम्रा दर्शक आज फेरी त्यही कार्यालयमा पुगे । आज पनि अवस्था त्यस्तै थियो ।

ताप्लेजुङ फलो

हामीले कार्यक्रमको यस अघिको अङ्कमा ताप्लेजुङका जिल्ला शिक्षा अधिकारी र जनप्रतिनिधि सहित ५५ जनाको टोली शैक्षिक भ्रमाण्मा गएको । कविर १० लाख रुपयां खर्चेर देशका राम्रा सामुदायिक स्कुलहरू अवलोकन गर्ने उद्देश्य सहित उक्त टोली अझै भ्रमणमै छ ।

जिल्लाका स्कुलहरूको अवस्था कति दयनिय छ भन्ने कुरा हामीले देखाइसकेका छौ । अझ झन् चिसो ठांउका विद्यार्थीहरू बासबाट बनेका कक्षा कोठामा बस्न बाध्य छन् । यस्तो अवस्थामा शैक्षिक भ्रमणका नाममा १० लाख खर्च गर्नु कतिको जायज हो भनी हामील जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलासँग पनि कुरा ग¥यौ । निरौला सरले शैक्षिक भ्रमण जति फलदायी भएको भनेपनि हाम्रो कार्यक्रममा यस विषयमा रिपोटिङ भएसँगै यस विषयमा चर्को बहस हुन थालेको छ । विशेष गरी ताप्लेजुङका स्थानियहरु यस कार्यको चर्को विरोध गरिरहेका छन् ।

यातायात लाइसेन्स

नेपालबाट रोजगारीका लागि विदेशीन युवाहरूको सङ्ख्या ठुलो छ । हिजो आज विदेशमा पैसा कमाई नेपाल आएर केही गर्न खोज्ने युवाहरूको सङ्ख्या पनि कम छैन । यसरी स्वदेश फर्कँदा आफूले विदेशमा लिएको सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गर्न धेरै मानिसहरू यातायात कार्यालय धाउछन् ।

यसै सिलसिलामा केही समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधाराका कर्मचारीलाई घुस सहित रंगे हात समातेको पनि देखायौ । अझै पनि विदेशी लाइसेन्सलाई नेपालीकरण गर्न कर्मचारीहरूले आफ्नो मनोमानी गरेका छन् । यति सम्मकी दुई तिन दिन सम्म लाइन बसी काउन्सिल शाखाको सिफारिस दूतावासको प्रमाणिकरण र सबै प्रक्रिया पुरा गरिसक्दा पनि लाइसेन्स बन्दैन् । लाइसेन्स दिन मन नलागे भनिन्छ विदेशमा तपाईँले अटोमेटिक गाडी चलाउनु भएको हो यहाँ गएर र क्लज भएको गाडी चलाउनु पर्छ त्यसैले तपाईँलाई लाइसेन्स दिन सकिदैन् ।

सेवाग्राही नेपालमा पनि आफ्नो अटोमेटिक गाडी भएको देखाउँछन् तर पनि कर्मचारी मनगणन्ते नियम देखाउँदै लाइसेन्स नदिने ननसेन्स तर्क दिन्छन् । यस्ता धेरै ठाउँमा ठोकिदा ठोकिदा अन्यमा सर्वसाधारण मानिस यो भन्न बाध्य हुन्छ कि बेकार स्वदेश फर्किए छु ।

असहाय बालबालिका

अनाथ र असहसाय बालबालिका र तिनका अविभावकलाई मद्दत गर्ने निहुँमा केही मानिसहरूले एउटा सोलिड धन्दा चलाएको खुलिसकेको छ ।

गरिब गांउलेका काखका केटाकेटीलाई खोसेर विदेशीको काखमा हालिदिने अनि विदेशीबाट आएको पैसा पनि आफैले झवाम पार्ने । यस्तो कुकृत्य गर्नेहरुका विरुद्ध बोल्न कडा भन्दा कडा शब्दको खोजी हामी गर्दछौ । किन भने हाम्रो कार्यालयमा त्यस्ता दर्जनौँ अविभावकहरु आशुका धारा चुहाउँदै आउने गरेका छन् । जब तिनको निर्दाेश आँखामा आँखा जुधाएर हेरिन्छ त्यति बेला तिनलाई रुवाउनेहरु विरुद्ध आगो ओकल्न मन हुन्छ । मानिस गरिब हुन सक्छ ।

पीडा बाध्यता सबका जीवनमा हुन्छन् । तर आफ्नो काखको बालक अर्कालाई बेचेर बाँच्ने मन कुनै आमा बाबुलाई हुदैन् । यहाँ त झुक्याएर लैजाने अनि पैसा पनि उन्लाई नदिने आफै खाने । खोज्न आउँदा कोही कुकुर लगाइदिने, कोही गुण्डा लगाउने जस्ता क्रियाकलाप भइरहेका छन् ।

भिडियो