Wednesday, October 21

होलीमा रंगिदै रवि, हेर्नुहोस् फोटोहरु-होलीमा रविको सन्देश

होलीमा रविको सन्देश: उसलाई मात्र रङगाउनुस जो रँगीन चाहन्छन्,उसैलाइ मात्र भिजाउनुस जो भिज्न चाहन्छन् । किनकि रङ सबैलाइ मन नपर्न सक्छ, भिज्न हर-कोहि तयार नहुन सक्छन् वा रङ मन परे पनि कसैलाइ रङगाउने हातहरु मन नपरिरहेको हुन सक्छ, भिज्न मन लागेपनि भिजाउने मन सङ्लो नपाएर भिज्न मन नरहेको हुन सक्छ। रङ्ग र उल्लासको जिस्कने चाड होलिको सबैलाई शुभकामना !

उज्यालो नेपाल, १७ फाल्गुन, काठमाडौँ-  फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ ।सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन ।

होली सम्बन्धित प्रायः सबै पौराणिक कथाका घटना हेर्दा असत्य, अत्याचार, शोषणको अन्त्य तथा सत्मार्गतर्पm लागेकाको विजय भएको खुसीयालीको रूपमा ‘होली’ पर्व मनाउने चलनको सुरुवात भएको देखिन्छ । यसले एकातिर धार्मिक आस्था, विश्वास तथा सत्मार्ग देखाएको छ भने अर्कोतिर असत्यको कहिल्यै विजय नहुने, शोषण गर्नेहरूको आफैँ पतन हुने सामाजिक तथा धार्मिक सन्देश दिएको छ ।

यसर्थ प्राचीनकालमा सुख, शान्तिका विरुद्धमा हुने आतङ्क शोषण र भयको निराकरणका लागि राक्षसी प्रकृतिलाई भगाउनका लागि फागुपूर्णिमाको दिनमा अग्निकुण्डमा आगो बालेर आपसमा रमाइलो, नाचगान, सद्भाव, साटासाट गर्दा राक्षस र राक्षसी भाग्ने जनविश्वासका आधारमा होली खेल्ने चलनको सुरुवात भएको देखिन्छ । यसै पनि रातो तथा रङ्ग विजय तथा खुसीयालीको प्रतीक भएकोले यी जनविश्वास यथार्थका नजिक छन् ।

यसैविच न्युज २४ टेलिभिजनमा ‘सिधाकुरा जनता संग’ नामक लोक कल्याणकारी कार्यक्रम संचालन गरेर त्यसै कार्यक्रम मार्फत करोडौ नेपालीका विच सेलिब्रेटी बनेका रवि लामिछानेले पनि होलि खेलेर रंगिदै गरेको फोटो सार्वजनिक गरेका छन् !! नेपाल अनि नेपाली संस्कृतिलाई माया गर्ने रविले केहि अगाडी ‘टोपी दिवस’को दिनमा पनि नेपाली टोपी पहिरिएको फोटो सार्वजनिक गरेर नेपाली संस्कृति प्रति सम्मान जनाएका थिए ! उता रविको कार्यशैलीको विरोध गर्दै  र उनलाई नेपाली नै होइन भन्दै उनको विरोध गर्ने नाम मात्रका सच्चा नेपाली भने होलि, दशैँ, तिहार लगायत चाडपर्व बाहुनबादी संस्कृति भएको भन्दै यो आफुहरु माथि जबरजस्ती थोपरिएको बताउँछन् !

समाचार स्रोत:-उज्यालोनेपालबाट