Monday, August 2

नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भिडियो…

2021-03-29 440

नेपाल र बंगलादेश बीचको फुटबल खेल सुरु, हेर्नुहोस् लाइभ भ…

काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ। उपाधिका लागि दशरथ रंगशालामा नेपाल र बंगलादेश खेल्दैछन्।

नेपालको सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ। जसमा रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ। यसअघि दुबै खेलमा रवी र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए।

कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुवाती एघारमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र अन्जन विष्ट छन्।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्।

हेर्नुहोस तलको भिडियो…

प्रतिकृया दिनुहोस्