Monday, October 2

पन्जाबी गाएकले गाए नेपाली गीत “फुलबुट्टे सारी”; बन्यो भाइरल (हेर्नुस भिडियो)

2021-03-29 4146

पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन ।

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो ।

सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन ।

त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी गायिकाले समेत गाएकी थिइन । उक्त भर्सन पनि दर्शक श्रोताले निकै नै मन पराएका थिए । अहिले आएर यो गीतको पन्जावी भर्सन पनि उत्तिकै भाइरल हुँदै गएको छ ।

हेर्नुस भिडियो:

प्रतिकृया दिनुहोस्