काठमाडौं- ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ। उपाधिका लागि दशरथ रंगशालामा नेपाल र बंगलादेश खेल्दैछन्।
नेपालको सुरुवाती एघारमा दुई खेलाडी परिवर्तन गरिएको छ। जसमा रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बल परिवर्तन गरिएको छ। यसअघि दुबै खेलमा रवी र अभिषेकले सुरुवाती एघारमा खेलेका थिए।
कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुवाती एघारमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, विशाल राई, सुनिल बल र अन्जन विष्ट छन्।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्।
त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।
हेर्नुहोस तलको भिडियो…
प्रतिकृया दिनुहोस्