Monday, April 19

सुन किन्ने सोचेइमा हुनुन्छ ? आज घट्यो सुनको मुल्य ..हेर्नुहोस

2021-03-30 2174

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि ओरालो लागेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो । उक्त रकमले घटेसंगै आजका लागि छापावाला सुनको मूल्य ८६ हजार कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ८५ हजार ५५० रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि ओरालो लागेको छ । प्रतितोला १० रुपैयाँले घटेर आजका लागि १२ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलाको १२ सय २५ रुपैयाँमा किनबेच भएको थियो । पछिल्लो केही दिन चाँदीको मूल्य निरन्तर ओरालो लागेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्