Thursday, October 1

उपेन्द्र यादवले मैथिलीमा र राजेन्द्र महतोले हिन्दीमा सपथ लिने ! अन्य कुन नेताले कुन भाषामा सपथ लिदै छन् ?

काठमाडौं – प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले सपथका लागि ८ भाषामा रोजेका छन्। विभिन्न सांसदले आफूले चाहेको भाषामा सपथ लिन संसद सचिवालयमा निवेदन दिएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद पदको सपथ मैथिलीमा लिने भएका छन्।

यादव जस्तै राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले पनि मैथिलीमा सपथ लिने भएका छन्। राजपा अध्यक्ष मण्डलकै अर्का नेता राजेन्द्र महतोले भने हिन्दीमा सपथ लिने भन्दै संसद सचिवालयललाई जानकारी दिएका छन्। राजपाकै महिन्द्रराय यादवले मातृभाषा बज्जिकामा सपथ लिँदै छन्।

संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको छ। हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका हुन्। सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने हुन्छ।

नेपालीपछि सबैभन्दा धेरै मैथिली भाषामा सपथ लिन सांसदहरुले सूचना संसद सचिवालयमा दिएका छन्।-ताजाखबरबाट |