Monday, April 19

सुनको गरगहना जोड्ने सोचमा हुनुन्छ? आज पनि घट्यो सुनको मुल्य

2021-03-31 542

१८ चैत, काठमाण्डौं । बुधबार नेपाली बजारमा सनुचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ८५ हजार ६ सय कायम गरेको छ ।

मगंलबार तोलाको ८६ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको भाउ पनि घटेर ८५ हजार १५० कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको भाउ १२ सय तल आइपुगेको छ । महासंघले बुधबारका लागि चाँदीको भाउ तोलाको ११ सय ९५ तोकेको छ । मगंलबार तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्