Friday, October 30

धेरै आलोचना भएपछि ‘हतारमा गल्ती भो, एक थोक बोल्दा अर्कै थोक भयो’भन्दै माग्नेले सलमानको बारेमा यस्तो आफ्नो तर्क दिए !

बलिउड स्टार सलमान खानको नेपालमा हुने भनिएको कार्यक्रम पोस्टपोन्ड भएको छ। कार्यक्रम स्थगन भए संगै अनेक तर्कहरु बाहिर आईरहेका छन्। हरेकले यसलाई आफ्नै हिसावले प्रतिक्रिया दिइरहेका छन्। समाजिक संजालमा हाल यो बिषयले निकै राम्रो स्थान पाएको छ। कुनै पनि बिषयमा चाडो प्रतिक्रिया दिने माग्ने बुढाले पनि यो बिषयमा आफ्नो अभिव्यक्ति दिएका थिए।

उनले लेखेको स्टाटसको आ-आफ्नै तरिकाले विश्लेषण भैरहेको छ। कतिले यसलाई सकारात्मक रुपमा लिएका छन् भने कतिले एक कालाकार भएर अर्कोलाई सम्मान गर्न नजानेको आरोप समेत लगाएका छन्।
अनेक प्रतिक्रियाको विच उनले नयाँ स्टाटस पोस्ट गर्दै हतारामा गल्ति भएको उल्लेख गरेका छन् ।

इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब,सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई , बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ। हामीसंग पनि अनमोलहरू छन। नोट : नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ,नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ ,नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ,नेपामा जन्मिने बच्चाले पहिलो शब्द “आमा” नै बोलुन, मदर, माॅ वा मम् नबोलुन। भाषा सकियो देश सकियो।(सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।

माग्ने लेख्छन्, हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो।
1,सलमान,आयोजक र सलमानका प्रशंसकसॅग क्षमा चाहन्छु।
2, हेपाहा प्रबृत्ति नाजायज नै हो । छिमेकी छिमेकी बिच बराबरीको सम्बन्ध हुनु पर्दछ। म भन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ।
माग्ने बुढा त प्रतिनिधि पात्र मात्रै हुन्। धेरै कलाकारले यो बिषयमा आफ्नो अभिव्यक्ति सामाजिक संजालमा दिएका छन्।

स्रोत:-पब्लिक आवाजबाट