Saturday, October 31

मोदीलाई ओलीको काउण्टर: ‘भ्रम कसैले नछरोस्, बुद्ध नेपालमा जन्मेका हुन्’ (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थलबारे कसैले भ्रम सिर्जना गर्न नहुने बताएका छन् । छिमेकी मुलुक भारतलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले कसैले भ्रम छर्दैमा सत्य लुक्न नसक्ने बताएका हुन् ।

बुद्धको जन्मस्थलबारे भारतले छरेको भ्रम चिरेर गिनिज बुकमा नाम लेखाउन आज टुडिखेलमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने- ‘बुद्ध नेपालमा जन्मेका हुन् भनेर सबैलाई थाहा छ, भ्रम छर्न जरुरी छैन ।’

टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर संसार सामु चिनाउन विश्व किर्तिमानि परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो । केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन भनेर सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका थिए ।

भिडियो सहित हेर्नुहोस