Monday, March 20

रोकियन आँशुको धारा यो कस्तो बिपत्ती:आमा र बहिनी गुमा,इन्, भाईको यस्तो हालत (भिडि,यो हेर्नुस्)

2020-11-18 1468

काठमाडौ । विरगन्ज निवासी सम्झना कुमारी शाह अहिले आफ्नो भाईको जिवन वचाउने आग्रहका साथ हार गुहार गरेकी छन् । केही दिन अघि मात्र उनले १४ वर्षकी आफ्नो बहिनी गुमाइन् । अहिले भाई पनि औषधी उपचारका लागि अस्पतालमा छटपटाएका छन् । उनले बुवा र आफुले खाना समेत खान नपाएको धेरै दिन भइसकेको बताएकी छन् ।

केही समय अघि आमा समेत गुमाएकी उनी अहिले निकै कमजोर भएकी छन् । उनको भाईको ब्ल ड क्या न्स रको उपचारका लागि ६ लाख रुपैया लाग्ने अस्पतालका चिकित्सकले बताएका छन् । तर नितुलाई बचाउन सम्झनाले त्यती धेरै पैसा कहाँवाट ल्याउने ?

दुई छाक खाने अन्न पनि नभएका उनीहरुसंग त्यतीधेरै पैसा कहाँवाट ल्याउने । पाठेघरको शल्यकृया गर्दा चिकित्सकको लापरवाहीका कारण आफुहरुले आमालाई गुमाउनु परेको भन्दै सम्झना भक्कानिन्छिन् ।

निकै माया गर्ने बहिनी पनि छोडेर गइ अब हामी कसरी बाँच्ने सम्झनाले रुँदै भनिन् । भाई र बहिनीलाई संगै उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । १५ दिन अघि देखि नै बहिनीको उपचार सुरु गरेको भएपनि बहिनीको निधन भयो भन्दै सम्झना रुँदै आएकी छन् । उनले काठमाडौमा त मन मुटु भएका मानिस पनि रहेनछन् ।

अब भाईको उपचारका लागि थप औषधी नदिने भन्दै फार्मेसिले पनि रित्तै पठाइदिएको उनको भनाई छ ।
उपचारका लागि काठमाडौमा बस्नका लागि कोठा भाडा समेत नपाएको उनको भनाई छ । यस्तो विपतमा बहिनीको सहारा थियो त्यो पनि छोडेर गई मलाई पनि बाँच्न मन छैन । उनले भक्कानिदै भनिन् ।

आमाले निकै दुख गरेर आफ्ना भाईदाईहरुलाई सहयोग गरेको भएपनि भान्जीको निधन हुँदा र काठमाडौमा यस्तो अलपत्र पर्दा समेत एक पटक पनि मामाले एक पटक पनि फोन नगरेको बताएकी छन् । बहिनी र भाईको उपचारका लागि अहिले सम्म ५ लाख रुपैया खर्च भइसकेको सम्झनाले बताएकी छन् ।

भिडियो हेर्नुहोस्..

 

प्रतिकृया दिनुहोस्