Tuesday, September 29

दुखद : हुम्ला बाट भर्खरै आयो सारा नेपाली रुहाउने यस्तो खबर

सिमकोट : हुम्लाको ताजाँकोट– १ भतमुनामा गएराती भएको आगलागीमा २५ घर जलेर नष्ट भएको छ। आगलागीबाट पुरै गाउँ जलेको छ। भतमुनाका ३० घर मध्ये ५ घर मात्रै आगलागीबाट बचेका छन्। आगलागीबाट लुगाकपडा, अन्नाज लगायत सम्पूर्ण समान सखाप भएको छ। आगलागीबाट १ करोड ५४ लाख २१ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

गोठमा रहेका गाईवस्तु मरेका छन्। प्रहरी चौकी कवाडीका प्रहरी सहायक निरीक्षक(असई) किसनबहादुर जिसीले रातको समयमा आगलागी भएका कारण ठूलो क्षति भएको जानकारी दिए। असईका जिसीका अनुसार आगलागीबाट दुई जना घाइते भएका छन्। स्थानीय मनबहादुर रिठाल र लालबहादुर रिठाल घाइते भएका छन्। घाइतेलाई उपचारका लागि सुर्खेत लगिएको छ। असई जिसीले छाउ गोठबाट सल्किएर आगलागी भएको बताए।

उनले भने, ‘छुई भएकी महिलाको गोठबाट आगो सल्किएर गाउँभरी फैलिएको हो। गाईवस्तु गोठमा नै मरेका कारण गाउँमा दुगन्ध फैलिएर महामारी हुने जोखिम रहेको आगलागी पीडितहरु बताउँछन्। आगलागीबाट ठूलो संख्यामा गाउँवस्तु मरेका छन्।पीडितहरु बेघर भएका छन्। उनीहरुको विचल्नी भएको छ।

शनिबार नै आगलागी प्रभावित क्षेत्रमा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत ११ जनाको टोली पुगेको छ । जम्बो टोलीका कारण आगलागी पीडितको लागि आवश्यक चामल पु¥याउन नसकिएको स्रोतले बताएको छ। मुख्यमन्त्री शाहीले पीडितलाई त्रिपाल, भडाकुडा लगायतका सामाग्री वितरण गरेका छन्। जम्बो टोलीका कारण चामल लान नसक्दा पीडितको लागि खान समस्या हुने भएको छ।

स्रोत:-सत्यसमाचारबाट