Thursday, October 29

कर्मचारीलाई सिधा झटारोः ‘विचौलीया छैनन, कागज पुगेको फाइलमा २ मिनेटमा हस्ताक्षर भइ सदर हुन्छ भन्ने हाकिम साब को को हुनुहुन्छ ?’ (भिडियो)

सरकारी कार्यालयहरुमा कामको गति बढाउनु जरुरी भैसकेको छ । कुन काम कति समय भित्र सकिन्छ अथवा कुन कामलाई सक्न ठ्याक्कै कति समय लाग्छ भनेर सेवाग्राहीलाई थाहा हुनुपर्छ ।

सम्पुर्ण डकुमेन्टहरु पुगेको खण्डमा तपाईको काम यति बेरमा सकिन्छ भनेर सुचना नै टाँस्न सक्ने कार्यालय प्रमुखहरु भैदिए सेवाग्राहीले खुब सुबिधा पाउँथे ।

अर्को महत्वपुर्ण कुरा सेवाग्राही आँफैले फाइल बोकेर कोठै पिच्छे दौडिनु के जाहेज हो ? कार्यालयमा आएका सबै सेवाग्राही बराबर हुन तर कसैलाई दिनभरी सानो कामका लागि लाइनमा राख्ने कसैलाई कोठा भित्र राखेर २÷४ राउण्ड चिया नै ख्वाउने ?

यस्तो भेदभाव किन हुन्छ । दुर दराजको मानिस र पहुँच वाला सुगमको मानिसलाई गरिने यस्ता भेदभाव दण्डनीय हुनुपर्छ ।

बरु सकिन्छ भने अशतm, महिला, बूद्धबूद्धाहरु र दुर्गमबाट आएकाहरुलाई प्राथमीकता दिनु राम्रो हुन्छ । बिषेश परिस्थीती बाहेक सेवाग्राहीलाई कार्यालय भित्रका चोटाकोठा भित्र पठाउनै पर्दैन ।

आउने बित्तिकै आफ्नो कुपन लिन सकियोस्, आफ्नो लागि आवश्यक कागजपत्रको चेक लिष्ट होस्, वानडोर सिष्टमा होस् ।

हुने कामलाई एक घण्टा भन्दा बढी समय नलागोस, नहुने काम भए किन नहुने हो, के नपुगेको हो स्पष्ट रुपमा प्रिन्ट गरेरै हाइलाइटरले हाइलाइट नै गरेर दिइयोस् ।

फारम भर्न नजान्ने, नसक्नेका लागि सित्तैमा फारम भरीदिने भोलुण्टिएरहरु राखियोस् । सबै कोठाहरु र हरेक कर्नरहरु सिसि क्यामराको कभरेज भित्र परुन् ।

यति जाबो कुरा गर्न कस्को सरकार बन्नुपर्छ र ? को प्रधानमन्त्री बन्नु पर्छ र ? भित्र चियाको राउण्ड माथि राउण्ड चल्ने, राजनीतिक गफ र अडकलबाजी चल्ने ।

बाहिर सेवाग्राही विचौलीयाको शरणमा पुग्ने । अधिकांश कार्यलयको हालत यस्तै छ । विना कूनै निर्देशन, विवेक प्रयोग गरेर कार्यालय प्रमुख आँफैले एक हप्तामा गरेर देखाउन सकिने परिर्वतन हुन् यी ।

मेरो कार्यालय ठ्याक्कै यस्तै छ । मेरो कार्यालयमा विचौलीया छैनन, सम्पुर्ण कागज पुगेको फाइलमा २ मिनेटमा हस्ताक्षर भइ सदर हुन्छ भन्ने हाकिम साबहरु को को हुनुहुन्छ खबर पाउँ । त्यस्ता कार्यालय र प्रमुखहरुको तारिफमा हामी पनि कार्यक्रमको केही मिनेट खर्च गर्न चाहान्छौ । क्यामेरा बोकेर रिपोर्टीङ गर्न कहिले आउँ हजुर ।

हेर्नुहोस सिधकुराजनतासंग क्रयक्रम पुरा भिडियो