Tuesday, October 20

धनकुटा माहोत्सवको सम्पूर्ण तयारी पुरा…

धनकुटा महोत्सव तथा प्रादेसिक औद्योगीक ब्यापार मेला तथा कृषि प्रदशर्नीको सम्पूर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

“कृषि, पर्यटन,स्वास्थ्य, शिक्षा,स्वरोजगार, उद्योग र व्यापार,समुन्नत प्रदेश नं.१ को आर्थिक विकासको आधार”भन्ने मुल नाराका साथ धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको आयोजना र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको सह आयोजनामा हुन गैरहेको धनकुटा महोत्सव तथा प्रादेसिक औद्योगीक ब्यापार मेल तथा कृषि प्रदशर्नीको फाल्गुण २० गते १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले विशेष कार्यक्रमका साथ धनकुटा टुडीखेलमा समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सव आयोजक समितिका संयोजक तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा स्वागत तथा सत्कार समितिका संयोजक मन कुमारी तितिुङ्ग तामाङ्गले स्वागत मन्तव्य र प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले महोत्सव तयारीको र महोत्सवको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने आर्थिक समितिका संयोजक रोशेष श्रेष्ठ आर्थिक गतिविधि र कलाकार व्यवस्थापन समितिका संयोजक विकास घिमिरेले सास्कृतिक कार्यक्रम र कलाकारहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

पत्रकारहरुले सोधिएको विभिन्न जिज्ञासाहरुको वारेमा अध्यक्ष उमेश घिमिरे उत्तर दिदै महोत्सव सफल बनाउन सवैलाई सहयोग गर्न आग्रह गर्नुभ भएको थियो ।

बैठक अघि भएको महोत्सव आयोजक समितिको बैठकले प्रमुख अथिति १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई धनकुटाका प्रदेशद्धार भेडेटारमा स्वागत गर्न अध्यक्ष तथा संयोजक उमेश घिमिरको नेतृत्वमा भेडेटार जाने र महोत्सव समुदघाटन अघि बसर्पाकबाट झागी सहित शुरु हने ¥याली व्यवस्थापन गर्न विजय सन्तोषी राईको संयोजकत्वमा व्यवास्थापन समिति र स्वयम सवेक परिचालन गर्न रुपेश श्रेष्ठको संयोजक र दिनेश राई सह संयोजक रहनु भएको समिति गठन गरेको छ ।कार्यक्रमको संचालन सदस्य सचिव जयन्द्र प्रधानले गर्नु भएको थियो|

फाल्गुण २० गते देखी फाल्गुण ३० गते सम्म जिल्लामा उत्पादित घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु एवं कृषि उपज लगायत नेपाल ब्यापार एकिकृत रणनीती ( ल्त्क्ष्क् ) मा रहेका वस्तुहरुको प्रचार–प्रशार तथा प्रबद्र्धन गर्ने उद्धेश्यका साथ प्रादेशीक औद्योगीक ब्यापार मेला तथा कृषि प्रद्र्धशनी एवं धनकुटा महोत्सव २०७४” को आयोजना गरिएको हो ।

महोसत्वमका १ सय ५६ वटा स्टलहरुमा समाग्रीहरु प्रर्दशनका लागी राखिनुका साथै स्थानीय तथा राष्टिय स्तरका चर्चित तथा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने र एक लाख दर्शकहरुले प्रत्यक्ष रुपमा अवलोकन गर्ने करीव ३ करोड रुपैया वरावरको आर्थिक कारोवार हुने लक्ष राखिएको आयोजकले जनाएको छ ।