Saturday, September 26

‘भोलि विप्लवको नेपाल बन्द’ भन्दै समाचार भाइरल ! बास्तबिकता भने यस्तो …..

शनिबार १९ गते साँझतिर  केहि अनलाइनहरुले फेसबुकमा एउटा झुटो कुरालाई समाचारको नाम दिएर भाइरल बनाउन खोजे । समाचारको टाइटल थियो-  भोलि फेरी नेपाल बन्दको घोषणा । भोलि अर्थात् फागुन २० गते पुनः नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आव्हान गरेको सन्देश दिने समाचार थियो त्यो ।

कसैले टाइटलमा ‘विप्लव’ नामलार्इ अगाडि राखेका थिए भने कसैले नेपाल बन्दको तस्वीरमै ‘भोलि फेरी विप्लवको नेपाल बन्द’ भनेर लेखेका थिए ।

के हो वास्तविकता ?

अनेरास्ववियु (क्रान्तिकारी)ले भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो ।

यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले विज्ञप्ति जारी गरेर गिरफ्तार नेताहरुको रिहाइको माग गरेका थिए । सिंहले सम्मेलनको तयारीमा रहेका नेता-कार्यकर्ता विना कारण गिरफ्तार गरेको भन्दै शैक्षिक हड्‍ताल गर्ने चेतावनी दिएका थिए ।

सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्‍ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले जारी विज्ञप्तिमा उल्लेख छ -“सामाजिक दलाल सत्ताको तुच्छ हर्कतले उनीहरुको दुहाई दिँदै आएको कथित लोकतन्त्रको मुकुण्डो धुजाधुजा भएको छ । गिरफ्तारीको आवरणमा राज्यद्वारा अपहरणमा पर्नु भएका संगठनका महासचिवलगयात सबै कमरेडहरुको विना शर्त यथाशिघ्र रिहाई गर्न जाडदार माग गर्दछौं । आमज विद्यार्थीको राजनीतिक र शैक्षिक अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ ।”

अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो ।

भोलि शैक्षिक संस्था बन्द गरेर अाफ्नो अान्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा अाग्रह गरेको छ । यसैबीच सुर्खेत र बैतडीबाट तीन तीन जना विद्‍यार्थी नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव दिपेन्द्र चलाउनेलाई काठमाडौंको कमलपोखरीस्थित प्रहरी वृतमा राखिएको छ । चलाउनेमाथि सार्वजनिक मुद्दा लगाएको बुझिएको छ ।

तर गत फागुन ८ गते नेपाल कम्युनिष्टपार्टीले केपी ओली सरकारको दमनबिरुद्ध भन्दै संघर्षस्वरुप नेपाल बन्द अयोजना गरेको थियो । जुन समाचारलाई नेपाल सबै मिडिया हाउस हरुले समेटेका थिए । संचारकेन्द्रमा प्रकाशित उक्त समाचार भने ७४ हजार ६ सय जना पाठकले सिधै साइटबाट सेयर गरेका थिए ।

यो अनावश्यक प्रचार किन ? 

यी सबै समाचार हेर्दा एउटा फेसबुकको Instant Articles बाट डलर कमाउनका लागि झुटो, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित गरेर अनलाइनमा भिजिटर बढाउने उदेश्यका साथ् लेखिएको सजिलै अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय केहि अनलाइनहरुले नेपाल कम्युनिष्ट पार्टी र विशेषगरी नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नामसँग जोडेर अनर्गल प्रचारहरू गरेकाे सामाजिक सञ्जाल फेसबुक, ट्वीटरतिर सजिलै देख्न सकिन्छ ।

स्रोत:-दिया चन्द,संचारकेन्द्रबाट