Tuesday, October 27

बलात्कारीको टाउको छिनाल्न माग गर्दै मेनुकाले विप्लवलाई लेखिन यस्तो मार्मिक पत्र ! (विवरण सहित हेर्नुहोस )

बिनिता सिंह, २० फागुन । देशमा हत्याहिंसा र बलात्कारका घटना बढ्न थालेपछि  नागरिकहरुले यो राज्यले न्याय दिन नसक्ने भन्दै कारबाहीको आशा नेपाल कम्युनिष्टपार्टीसँग गर्न थालेका छन्।

पछिल्लोसमय नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को नाममा विभिन्न घटनाका दोषीलाई कारबाही माग गर्दै सामाजिक र जनस्तरबाट खुल्लापत्र आउने क्रम जारी छ । यसले नेपालका बुद्धिजीवी, व्यापारी, र प्रतिष्ठित समुदायको आशा यो राज्यसँग भन्दा पनि नेकपासँग रहेको बुझिन्छ ।

लामो समयदेखि सामाजिक सेवाकाे क्षेत्र तथा मानव बेचविखनविरुद्ध काम गर्दै अाएकाे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नाबालिकालाई बलात्कार गर्ने अपराधिलाई हदैसम्मको कारबाहीको माग गर्दै नेकपाका महासचिव विप्लवलाई खुल्ला पत्र लेखेकी छन्।

रक्षा नेपालकी संस्थापक अध्यक्ष थापाले लेखेको पत्रबाट अहिले देशमा हदैसम्मको अपराध बढेको र त्यस्ता अपराधिलाई राज्य, प्रहरी प्रसाशनले कुनै न कुनै बहानामा उम्काउदै आइरहेकोले यसको विकल्प नेकपा रहेको आशय सजिलै झल्किन्छ ।

उनले लेखको पत्रकमा भनिएको छ- ‘प्रिय विप्लव कमरेड ! पर्साको निचुटामा आठ वर्षीया एक बालिकालाई तिन युवकले सामूहिक बलात्कार गरी उनलाई अन्तिम अवस्थामा पुर्याएका छन् । यौटा गरिबले आफु खाई नखाई हुर्काएकी आफ्नी फुलजस्तै छोरीको जीवन चुडिदिने ३ जना बलात्कारीलाई तुरुन्तै मुला काटे झैँ काट्नु पर्यो त्यसको ……….(खाली ठाउँ आफै भरौ) !!! कि गर्दन छिनाल्देउ, कि ….. छिनाल्देउ !!!

(प्रिय मित्रजन, यी नाबालकको सरिरभरि चिथोरेको, टोकेको घाउ नै घाउ छ भने उनको गोप्य अंग (योनी) क्षतविक्षत छ- अत्यधिक रक्तश्राब तथा बान्ता भैरहेकोले उपचारको लागि हामी सबै एक हुनुपर्ने जरुरि छ )….. तपाइले खाई नखाई पशिना बगाएर हुर्काएकी छोरीलाई यस्तै भयो भने तपाई के गर्नु हुन्छ ? यसमा मेरो छोरीको दोष छैन – दोषीलाई कारबाही हुनुपर्छ भनेर छाती फुलाएर सडकमा उत्रिनु हुन्थ्यो कि घर भित्रै लुकेर वा लुकाएर बस्नु हुन्छ ?

(बहुचर्चित सलमान खान -दबंग कार्यक्रम क्यान्सिल गराउन सक्नेले यति जाबो त सजिलै सक्छन कि भनेर गुहार मागेको !!!)’
यसरी दिनानुदिन देशका कुनै न कुनै भागमा बलात्कारका घटनाहरु बढिरहेका छन् । ति घटनाहरु कति लुकाइएका छन् त कति बाहिर आएका छन् ।

यो समाचार हामीले संचारकेन्द्रबाट साभार गरेका हौ |