Monday, October 18

नेपालका मौसमविदले यस्तो चे’ता वनी,सतर्क रहन सबैमा आग्रह

2021-04-09 3053

काठमाडौं, देशका अधिकांश स्थानमा तुवाँलो लागेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले बुधबार साँझ ६ बजे जारी गरेको सूचनाअनुसार तराई र पहाडी भेगका धेरैजसो स्थानमा तुवाँलो लागेको हो। जसले वायु प्रदूषण बढाएको छ। तसर्थ यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन भन्दै मौसमविद्ले २४ घण्टे चेतावनी जारी गरेका छन्।

जसमा भनिएको छ : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै देशको तराई र पहाडी भूभागका अधिकांश स्थानमा तुवाँलो लागेकाले सो बाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिकृया दिनुहोस्