Monday, April 19

आज सिंगटी हाइड्राेको आइपियो बाँडफाँड हुने , तपाईलाई कति पर्यो यसरी हेर्नुहोस तरीका सहित।

2021-04-09 221

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे साधारण सभा (आईपीओ) बाँडफाँड हुने भएकाे छ । मेगा क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन ।

रुजुको काम सकिएमा यसै साता बाँडफाँट हुने र नसकिएमा अर्को साता लाग्ने बिक्री प्रबन्धले जनाएको छ ।सिंगटी हाइड्रोलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको उक्त साधारण शेयरमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म १६ लाख २४ हजार ९३८ जनाले २ करोड ४५ लाख २२ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको भन्दा ९.२९ गुणा बढी आवेदन हो ।

गटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । यो लिङ्कमा क्लिक गरी हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्