Sunday, September 20

जिम्बावेका खेलाडी गरे नेपाली बलरको धोबी धुलाई , यस्तो छ पछिल्लो ताजा अपडेट।

काठमाडौं, फागुन २० : आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग खेलिरहेको छ । जिम्वाबेका सिकन्दर राजा र ब्रेडन टेलरले पाँचौ विकेटको लागि १०० रनको साझेदारी गरिसकेका छन् । ताजा अवस्थामा जिम्वाबेले ४४ अोभरमा ४ विकेट गुमाएर ३०६ रन बनाएको छ । जिम्बावेका सिकन्दर राजा ६५ र ब्रेडन टेलरले ९० रनमा खेलिरहेका छन् ।

जिम्वावेका पूर्व कप्तान समेत रहेका ब्रेण्डन टेलर अनुभवी खेलाडी हुन्। सन् २०१५ को वान डे वर्ल्डकपमा लगातार दुई शतक प्रहार गरेका टेलर त्यसपछि कोप्लाक डिलमा इंग्ल्याण्डको नटिङह्याम्पसायरमा अनुबन्ध भएका थिए। जसले उनलाई जिम्वावेको लागि खेल्न बन्चित गरेको थियो। तर २०१७ सेप्टेम्वरमा उक्त अनुबन्ध तोड्दै टेलर जिम्बावे फर्केका थिए। त्यसपछि वेष्ट इन्डिजसँगको दुई टेष्ट खेलेका टेलरले गत फेब्रुअरीमा अफगानिस्तान विरुद्ध वान डे म्याचमा शतक समेत प्रहार गरेका थिए।

समूह चरणमा दुई खेल जित्दै शीर्ष ३ मा रहन सके नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ र वान डे मान्यता नजिक पुग्नेछ। टेष्ट मान्यता प्राप्त चार वटै टोली सुपर सिक्समा पुगेको खण्डमा नेपाल सुपर सिक्स पुगे वान डे मान्यता पाउनेछ।

कप्तान पारसले भनेजस्तै नेपालले सबै क्षेत्रमा सुधारिएको प्रदर्शन गर्ने र सुपर सिक्स पुग्दै वान डे मान्यता पाउने हो भने यो नेपाली क्रिकेटको लागि अहिलेसम्मकै ठूलो र ऐतिहासिक उपलब्धी हुनेछ। वान डे मान्यता पाए नेपालले आगामी चार वर्ष वर्ल्ड क्रिकेट लिग को शीर्ष डिभिजनमा खेल्न पाउनुका साथै इन्टरकन्टिनेन्टल कप खेल्न पाउनेछ। जसले गर्दा नेपाले निरन्तर क्रिकेट खेल्न पाउनेछ भनै एक्सपेरिएन्स र एक्पोजर पनि पाउनेछ।

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी

जिम्बाब्वे : ग्रीम क्रेमर (कप्तान), रायन बर्ल, तेंदई चतराना, तेंदई चिस्कोरो, क्रेग एर्विन, केली जार्विस, हैमिल्टन मसाकाड्जा, सोलोमन मिर, पीटर मूर, तारिसाई मुसाकांडा, आशीर्वाद मुजारबाणी, सिकंदर रजा, ब्रेंडन टेलर, ब्रायन विटोरि, माल्कम वॉलर हीथ स्ट्रेक (कोच)