Wednesday, August 4

अकास्मात प्रधानमन्त्री केपी ओलीको नेकपा अध्यक्ष प्रचण्डलाई निम्तो..

2021-04-16 385

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फोनवार्ता भएको छ । प्रधानमन्त्र ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न भाेलि बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको छ ।

उक्त बैठकमा उपस्थितिका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई फोनमार्फत उपस्थित हुन निम्तो दिनुभएको समाचार स्रोतले बताएको छ । शुक्रबार ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नवनिर्मित कार्यालय भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री ओलीको फोन आएको र तत्काल जानुपर्ने स्थिति आएको प्रचडण्ले बताउनुभएको थियो ।

साढे दुई मिनेट कार्यक्रमलाई सम्बोधन गरेपछि विदाइ हुनुभएको प्रचण्ड ओलीबीच पुनः टेलिफोनमै कुरा भएको बताइएको छ । साथै, प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि जसरी पनि आउन आग्रह गर्नुभएको बताइएको छ ।

उता, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने शनिवार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरेका छन् । उनका अनुसार अध्यक्ष प्रचण्डलगायत नेताहरुसँग प्रधानमन्त्रीले कुरा गर्नुहुनेछ ।

प्रतिकृया दिनुहोस्