Saturday, May 8

“आज तपाईंहरुलाई एउटा रमाइलो कुराको जानकारी दिंदैछु।” भन्दै महाबिर पुनले गरे बिगतको यस्तो खुलासा

2021-04-17 151

“आज तपाईंहरुलाई एउटा रमाइलो कुराको जानकारी दिंदैछु।” भन्दै महाबिर पुनले गरे बिगतको यस्तो खुलासा..

२०४५ साल पौष महिनाको मध्य तिर मैले अमेरिका पढ्न जान भनेर अमेरिकाको भिसा पाएको थिएँ। कलेजले छात्रवृति दिएको हुनाले भिसा पाउन कठिन भएन । भिसा पाएता पनि हवाईजहाजको टिकट किन्ने ७९० डलर पैसा म संग थिएन ।

धेरै दौड धुप पछि २ जना ईष्ट मित्रले करिब एक हजार डलर जतिको नेपाली रुपैंया सहयोग गरे। यसरीे अमेरिका उड्नु भन्दा ५ दिन अगाढी मात्र टिकट काट्ने नेपाली पैसा पाउन सफल भएको थिएँ। त्यस पछिको अर्को समस्या भनेको नेपाली पैसा लाई डलरमा साट्ने थियो। शिक्षा मन्त्रालय बाट सो पैसालाई डलरमा साट्ने अनुमति मैले बल्ल बल्ल अमेरिकाको फ्लाईट हुने दिनको अघिल्लो दिनको बेलुकी ४ बजे मात्र पाएको थिएँ । तर त्यति बेला सम्म बैंक बन्द भैसकेको थियो।

भोलि पल्ट ठिक १० बजे नेपाल राष्ट्र बैंकको डलर साट्ने अफिस थापाथली पुगें र ११ बजे डलर साटियो। डलर साटे पछि नेपाल राष्ट्र बैंक बाट सोझै ११:३० बजे त्रिभुवन बिमानस्थल पुगियो । अनि Thai Air बाट बैंकक हुँदै अमेरिका तिर कुदियो । आज भोलि सम्झंदा त्यो बिहान डलर साट्न नपाएको भए मैले के गर्थें होला भनेर कहिले कहीं सोच्छु। सत्य कथा सकियो । कथा पढी दिनु भएको मा धन्यबाद 🙏🙏🙏

प्रतिकृया दिनुहोस्