Wednesday, August 4

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्र, मण

2021-04-19 371

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५०५ जना, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै देशभर थप १ हजार २ सय ८१ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो ।

कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले कोरोना संक्रमण देखिएपछि सास्ती हुने र यसलाई खेलाँची नगर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘भइसकेपछि सास्ती चाहिं हुने रहेछ, त्यसैले यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सतर्क रहनुहोला,’ उनले फेसबुकमा लेखेका छन् ।

कलाकार श्रेष्ठको सोमबार जन्मदिन पनि हो । जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई उनले धन्यवादसमेत दिएका छन् ।-अनलाईनखबर

प्रतिकृया दिनुहोस्