Wednesday, June 7

चर्चित मोडल दुर्गेश थापा र निता ढुगानाले अभिनयमा आयो यस्तो (भिडियो)

2020-11-19 1555

काठमाण्डौं/ नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बस्न सफल एक मात्र गायक हुन् बिमल डाँगी,जो लामो समय देखि अमेरिका बस्दै आएका मात्रै छैनन् ।

उनि हर समय नेपाली गीत संगीतमा रमाई रहेका छन अझ यसरी भनौ उनि अमेरिका रहे पनि उनका सृजानाहरु र उनका आवाजमा रहेका नया नया गीतहरु बजारमा आइरहेको छ। सोहि क्रममा फेरी नया गीत बजारमा आएको छ।

उक्त दोहोरी गीतमा बिमल डाँगी र उनकी श्रीमती लोक गायिका सरिता डाँगीले आवाज दिएको छन,गीतको नाम’मेरो हजुर’राखिएको छ।बिमल डाँगीकै शब्द तथा लयमा निर्माण भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र निता ढुगानाले अभिनय गरेका छन भने प्रकाश भट्टको उक्त गीतको भिडियो निर्देशन रहेको छ।

भिडियो उत्किष्ट बनेको छ। गीतले सोचे जस्तो चर्चा पाउने निर्माण टिमको भनाइ छ।गीत बिमल डाँगीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना छ ।

हेर्नुहोस भिडियो:

प्रतिकृया दिनुहोस्