Friday, September 24

छवि-शिल्पाकै बारेमा फेरी प्रकाशले बनाए यस्तो कार्यक्रम -एपी वानले कार्यक्रम निलम्बन गरेपछि यु’ ट्युवमा आयो रजतपट (भिडियो हेर्नुस्)

2021-04-23 613

एपी वान टेलिभिजनले प्रशारण गर्दै आएको रजतपट कार्यक्रम निलम्बनमा परेको छ । यो कार्यक्रम प्रकाश सुवेदीले संचालन गर्दै आएका छन् । टेलिभिजनवाट निलम्बनमा परेपछि प्रकाशले कार्यक्रम रजतपट युट्युव मार्फत प्रशारण गरेका छन् ।

उनले टेलिभिजनमा कार्यक्रम निलम्बनमा परेपछि आफुले युट्युव मार्फत प्रशारण गरेको बताएका छन् । फेरी पनि उनले शिल्पा र छविका बारेमा भएको अदालती विवादका बारेमा कार्यक्रम बनाएका छन् । जुन विषयमा विवाद भएर कार्यक्रम टिभीले हटायो उनले युट्युवमा पनि सोही विषयलाई कार्यक्रम बनाएका छन् ।

उनले फेरी पनि आफुले टेलिभिजनमा सत्यकुरा मात्र बोलेको दावी गरेका छन् । उनले शिल्पाले भनेजस्तो कुनै पनि कपोकल्पित नभएको पनि बताएका छन् । उनले शिल्पालाई नै कमजोर देखाउँदै च रि त्रका बारेमा पनि प्रश्न उठाएका थिए । उनले शिल्पा छविसंग विवाह गर्नु अघि नै विवाहित भएको दावी गरेका छन् । जुन कुरा छविले पनि आफुलाई थाहा नभएको बताएका छन् । शिल्पा र छविको सम्बन्ध विच्छेदको विषय अहिले अदालतमा विचाराधिन छ ।

छवि शिल्पालाई सम्पत्ती दिन नचाहेका कारण उनीहरुको सम्बन्ध विच्छेदको मु द्दा दुई वर्ष देखि अल्झिएको छ । प्रकाश सुवेदीले भोजपुरी फिल्म निर्माता सोनु खत्रीसंग नाम जोडेर शिल्पालाई आरोप लगाएपछि शिल्पा सबैभन्दा बढी रिसाएकी छन् । सोनुको श्रीमती कोमलले केही समय अघि सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडियोलाई प्रकाशले प्रशारण गरेका थिए । कोमलले भने त्यो भिडियो पुरानो भएको बताएकी छन् ।

हेर्नुहोस तलको भिडियो..

प्रतिकृया दिनुहोस्