Wednesday, September 30

१३ बर्ष देखि विछिप्त गंगामायाको मुहारमा यसरी खुशी ल्याए पत्रकार रबि लामिछानेले…यस्तो भनिन भेटमा.

काठमाडौं । वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविन । चार दिनपछि, उनै गंंगामाया अधिकारीसँग भेटदा, फरक अनुभूति भयो । चार दिन अघि गंगामायालाई भेट्न साढे ३ घण्टा कुर्नु परेको थियो । तर, वुधबार त्यस्तो विधि समय लागेन ।

उनको क्याविनमा छिरे । देख्ने वित्तिकै हाँसिन् गंगामाया । उनको हाँसोले, एक अनौठो भाव पोखिरहको थियो । ‘ता कि उनले न्याय पाइन् । न्याय पाएको खुसी पोखिरहेकी छन् गंगामाया । न्यायका लागि एक्लो संघर्ष गर्दौ गर्दै लागेको थकान, गलाई सबै मेटिएको जस्तो ।’ खुसीको सीमा थिएन । १३ वर्षदेखिको संघर्षका दौरान उनी पहिलो पटक यसरी खुसी भइन् ।

तर, उनी खुसी हुनुको कारण अर्कै थियो । उनले न्याय पाइसकेकी पनि होइनन् र उनले अघिल्लो भेटमा एउटा इच्छा व्यक्ति गरेकी थिइन्, ‘पत्रकार रवि लामिछानेलाई भेट्ने ।’ त्यो इच्छा पूरा भएकामा खुसी भएकी हुन्, उनी ।

उनले सुनाईहालिन्, ‘मानव अधिकारकर्मीहरुलाई कयौँ पटक भने भेटाइदिन भनेर । अरुलाई पनि भने । कसैले भेटाईदिएनन् । तपाईले भेटाई दिनु भयो ।’ मान्छेलाई भन्नु र पत्रपत्रिकाबाट भन्नुमा धेरै फरक पर्दो रहेछ, उनले भनिन् ।

अहिले जिउ पोलिरहेको छ, खुट्टा पोलिरहेको छ, अनि कैदीको जस्तो जीवन भोगिरहेकी छु, उनले अगाडि भनिन्, ‘मैले भेट्न खोजेको मान्छेसँग प्रत्यक्ष कुराकानी गर्न पाए । प्रत्यक्ष कुराकानी गर्दा मन हलुका हुँदो रहेछ ।’ अनि तपाईले भेट्न खोजेका पत्रकारले कस्तो बाचा गरे ? जवाफमा उनले भनिन्, ‘अर्को पटक म फेरि आउँछु भनेका छन् । एक पटक मात्रै होइन । हजार पटक रिपोर्ट बजाउँछु भनेर गएका छन् । जो–जो दोषी छन्, उनीहरुलाई बोलीले मर्नु न बाँच्नु बनाउँछु भनेका छन् ।’ मैले मेरो कुरा सुनाए मन हलुका भएको छ ।

तपाईहरुले समाचार लेख्नु भो उनले भनिन्, ‘न्यायका लागि लड्दा एक्लो भइँदो रहेनछ र फेरि पनि न्याय मरेको छैन भन्ने आश जागेको छ ।’ छोराका हत्यारालाई कारबाही गर्नुपर्ने मागसहित १३ वर्षदेखि सत्याग्रहमा रहेकी गंगामाया संचारमाध्यमले गरेको सहयोगप्रति कृतज्ञ छिन् । तर, उनी धेरै बेर भने खुसी रहन सकिनन् । फेरि रुन सुरु गरिन् । उनले न्याय पाउने आश भने अझै मारेकी छैनन् ।

पछिल्लो पटक गंगामायाले गएको माघ १६ गते शहीद दिवसकै दिन आमरण अनशन सुरु गरिन् । उनले त्यसलाई निर्जल अनशन भनेकी छन् । सरकारको निगरानीमा वीर अस्पतालमा राखिएकी गंगामायाले अन्नपानी छोडेको लामो समय भइसक्यो । उनले अस्पतालकै बेडबाट अन्नपानी छाडेको घोषणा गरिन् ।

मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते उनको निधन भयो । त्यस बेला गंगामायाको अवस्था पनि निकै नाजुक थियो । बोल्न नसक्ने उनलाई मानव अधिकारकर्मी र चिकित्सकहरुले जबरजस्ती सुरुमा पानी, फलफूलको रस र झण्डै एक महिनापछि दूध तथा दालको झोल खुवाएर अनसन तोडाएका थिए ।

तत्कालीन विद्रोही माओवादीको अपहरणमा परी २०६१ जेठ २४ मा हत्या गरिएका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया एक्लै न्यायको लडाई लडिरहेकी छन् ।- मिडियाडबलीबाट