Wednesday, September 30

भोलि नेपाल र स्कटल्यान्ड भिड्ने, कति बजे कसरी हेर्ने लाईभ ? सम्पुर्ण जानकारी।

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकाल्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डसँग नेपालले भोली प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो भने नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो।स्कटल्याण्डले दोस्रो खेलमा हङकङलाई ९१ रनमै अलआउट गर्दै लगातार दोस्रो जित नजिक पुगेको छ।  क्रिकेट सम्बन्धि सम्पुर्ण खबरको लागि मेरो क्रिकेट डट कम हेर्नू होला ।

नेपालले आफ्नो समूहबाट शीर्ष तीन स्थान हात पार्दै सुपर सिक्समा स्थान बनाउने स्कटल्याण्ड विरुद्ध खेल जित्नैपर्ने दबाब छ। तर अफगानिस्तानलाई पराजित गर्दै उत्कृष्ट लयमा रहेको स्कटल्याण्ड विरुद्ध जित हात पार्न नेपालको लागि त्यति सहज भने छैन।-ताजाखबरबाट।