Wednesday, August 4

अभिनेता तथा गायक प्रशान्त तामाङ्गलाई मातृ शोक..

2021-04-27 181

गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो। ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ उनले फेसबुकमा लेखेका छन्।

प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले नेपाल बसाईको क्रममा ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए ।

‘इन्डियन आइडल ३’ को विजेता भएपछि कयौं नेपाली गीतमा आवाज भरेका उनी ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ फिल्मका नायक समेत हुन् ।

प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे । नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ ।

प्रतिकृया दिनुहोस्