Tuesday, October 20

दलित भन्दै कोठा नदिने घरधनी पक्राउ… पुरा हेर्नुहोस

काठमाडौं । अनामनगरकी घरधनी कमला गौतमलाई प्रहरीले पक्राउ गरेको छ । सानो जात(दलित) भन्दै पत्रकारलाई कोठामा बस्न नदिएकी पीडितको जाहेरीमा पक्राउ गरेको महानगरिय प्रहरी वृत्त बानेश्वरले जानकारी दिए  ।

विक्रम सुनार, रिमराज सुनार र मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि राजधानीस्थित अनामनगरकी कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् । मिलन विश्वकर्मा अर्थिक अभियान, विक्रम सुनार इमेज टेलिभिजनमा कार्यरत छन् भने रिमराज सुनारले स्नातकोत्तर अध्ययन गर्दैछन् ।

वृत्तका प्रहरी नायव उपरिक्षक रवि पौडेलले अदालतमा मुद्दा पनि दायर भएको जानकारी दिएका छन् । उनले भने, ‘छानविन प्रक्रिया सुरु भएको छ र, नसकिदासम्म थुनामा राख्छौँ ।’दुई कोठा बुक गरेर फागुन २० गते सामान लिएर पुग्दा श्यामप्रसाद र कमलाले फर्काएको मिलनले बताए । नयाँ पत्रिकाबाट