Thursday, October 1

यी दुई युवकलाई हुँदै छ जन्म कैद, गरे आवेकमा आएर गरे सोच्ने नसकिने यस्तो गम्भीर अपराध

कैलाली । टिकापुरमा कर्ण थापाको हत्या क्षणिक आवेकका कारण भएको प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर कैलाली जिल्ला प्रहरी कार्यालयले थापाको हत्या क्षणिक आवेकका कारण भएको जनाएको हो ।

फागुन १७ गते राती सामान्य विवाद हुँदा सन्दिप रावल र सागर पाण्डेले धारिलो हतियार प्रहार गरी कर्ण थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

होली पर्वको सांँस्कृतिक मेलामा एक आपसमा ठोकिएपछि केहि समयको विवाद पश्चात दुवै जनाले थापालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मुत्यु भएको थियो ।

घटनापछि फरार रहेका टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १३ बस्ने १९ वर्षीय सन्दिप रावल र टीकापुरमा डेरा गरी बस्ने २१ वर्षीय सागर पाण्डेलाई काठमाडौंको बालाजुबाट फागुन २१ गते पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए ।

प्रमुख घिमिरेले दुबै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए । घटनाका आरोपित दुवै जनालाई जन्म कैदसम्मको सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

स्रोत:-ताजाखबरबाट