Wednesday, September 30

स्याङजामा दलाल भन्छ सिधा कुरामा गए मारिदिन्छु,-(भिडियो सहित हेर्नूहोस)

काठमाडौं । सर्वसाधारणका समस्यालाई कमाइ खाने बाटो बनाउन सरकारी कर्मचारीहरु मात्रै हैन नवनिर्वाचित जनप्रतिनीधिहरु त अझै एक कदम अघि छन् भन्ने स्याङजाको एक घटनाले पुष्टि गर्दछ । वडा अध्यक्षा देखी प्रशासनकै कर्मचारीले १ लाख बढी लिएर एउटै व्यक्तिको फरक फरक नम्बरको दोहोर नागरिकता बनाइदिएका छन् ।स्याङजा छीलुङकी बीमला गुरुङ पहिलो पटक विहे गरेको श्रीमान १२ बर्षसम्म विदेशमानै वेपत्ता भएपछि गाँउमै अर्का व्यक्तिसँग घरजम गरिन् ।

बीमलाले पहिलेकै श्रीमानको नामबाट नागरिकता लिएकी थिइन भने पहिलो श्रीमानबाट जन्मेकी छोरीको जन्मदर्ता पनि उनकै नाम छ । तर श्रीमान वेपत्ता भएकै बेला अर्को विहे गरेकी उनको दोस्रो श्रीमानबाट छोरा जन्मियो । बीमलाको नागरिकता पुरानै श्रीमानको नाम भएपछि दोस्रो श्रीमानबाट जन्मिएको छोराको जन्मदर्ता हुन सकेन । उनको पहिलो श्रीमानसँग सम्बन्ध विक्षेच्छद नभएकै कारण उनको दोस्रो विहे दर्ता पनि हुन सकेन भने छोराका जन्मदर्ता पनि भएन ।

जब उनले यो समस्या भिरकोट नगरपालिका वडा ९ का भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङलाई सुनाइन उनिहरुले नागरकिता बनाइदिने तर २० हजार रुपयौँ खर्च लाग्ने बताएको उनको आरोप छ । वडा सदस्य गुरुङले वडाबाट सिफारीस बनिसकेकोले पैसा लिएर माथी बुझाइदिने बताएको यो अडियो सुन्नुहोस । उनिहरुले भने अनुसारनै उनले २० हजार रुपयौँ दिइन र केही दिनमा उनले नयाँ श्रीमानको नामबाट नयाँ नागारीकता पाइन । तर उनिसँग पहिलेका श्रीमानका नामको नागरीकता पनि छ ।

केही दिनपछि पुन उनि वडा सदस्य गुरुङले नागरिकता बनाएको स्याङजाका प्रमुख जिल्ला अधिकारीले दोहोर नागरिकता बनाएको थाहा पाएकाले आँफुहरु जेल परेको बताए । साथै आँफुहरुलाई जेल मुत गर्न १ लाख ३५ हजार लिएर आउन लगाए । उनले आँफुले लगाएको गहना बेचेर ऋण गरेर स्याङजा पुगिन तर जेलमा छौँ भनेका वडा अध्यक्षहरु होटलमा पैसा बुझ्न आए । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मिलेमतोविना यो असम्भव छ । त्यसैले प्रसासन कर्मचारी देखी नागरिकतामा हस्तास्क्षर गर्ने प्रशासकिय अधिकृत सम्म यो सेटिङ मिल्नु पर्छ ।

जिल्ला प्रसासन कार्यालयका स्याङजाका कर्मचारी आनन्द अर्यालले समेत पैसा के कति दिएको हो आउ बसेर कुरा ग¥यौँ भन्दै यसरी फोन गरे । अहिले उनको दोस्रो नागरिकता जिल्ला प्रसासन कार्यालय स्याङजाले लिएको छ । वडा अध्यक्ष गुरुङले आँफुहरुको बदानम गरेको भन्दै उन्लाई धम्काउने गरेका छन् । यो सब २ नम्बर सेटिङ चल्दा समेत न उनको छोराको जन्मदर्ता भयो न उनको पैसा रहयो न उनले नागरिकता नै पाइन ।
-पब्लिकआवाजबाट।