Wednesday, September 30

रबि लामीछानेलाई ८ बर्षीय बालिकाकाे यस्ताे अाग्रह

युके/ बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग । बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् त कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।

यस्तै गत बुधबार पर्साकी ८ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरे । सामूहिक बलात्कारको कारण बालिकाको गुप्ताङ्गमा गम्भीर चोट लागेको छ । चोटका कारण बालिकाको रक्तश्राव अझै रोकिएको छैन ।

बलात्कारपछि बलात्कारीले कुटपिट गर्दा उनका शरीरका विभिन्न भागमा चोटैचोट लागेका छन् । उनलाई आइतबार रक्षा नेपालले उपचारका लागि उद्धार गरी राजधानी ल्याएको छ । यसका लागी उनले आवाज उठाएका हुन् । उनले फेसबुक लाईभ भिडियो मार्फत यस्ता बलात्कारीहरुलाई कडा कारबाही होस् भन्दै रबि लामिछानेलाई आग्रह गरेकी छिन् ।

source: purbeli news