Saturday, September 25

कोरोनाले पत्रकार रोहितको मृ त्युको खबर आफैले रिपोर्टिङ गर्नु पर्दा आजतकका टिभी जर्नलिस्टहरुले समाल्न सकेनन् लाइभमै ग्वाग्वा रोए (भिडियो हेर्नुहोस)

2021-04-30 476

सधै आफैसंग टिभीमा आउने रोहितको मृ त्युको खबर आफैले रिपोर्टिङ गर्नु पर्दा आजतकका टिभी जर्नलिस्टहरु लाइभ टेलिकास्टमै ग्वाग्वा रोए (भिडियो हेर्नुहोस)

भारतका चर्चित टिभी पत्रकार रोहित सरदानाको निधन भएको छ। अप्रिल २४ मा ४२ वर्षीय रोहित सरदानाले ट्वीट गरेका थिए कि एउटा सीटी स्क्यानमा कोरोना संक्रमन पुष्टि देखिएको छ।

त्यसपछि उनले भने कि उनको अवस्था सुधार भइरहेको छ तर छ दिन पछि उनको मृत्यु भएको छ। तर टिभी च्यानलले भने उनको कार्डियक अरेस्टको कारण मृत्यु भएको जनाएको छ। रोहित सरदानाका सहयोगी र इंडिया टुडेका वरिष्ठ टिभी पत्रकार राजदीप सरदेसाईले पनि ट्वीट गरेर रोहितको मृत्यु भएको पुष्टि गरेका छन।

शुक्रवार दिउँसो जी न्यूजका सम्पादक सुधीर चौधरीले ट्वीट गर्दै रोहितको मृत्युको बारेमा जानकारी दिएका थिए। रोहित जी न्यूजमा उनका साथी थिए।

राजदीपले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रोहित र मेरो राजनीतिक विचार मेल खाँदैनथे तर हामी कुनै द्वेष बिना बहस गर्दथ्यौं । हामीले एक रात एउटा शो (सायद कर्नाटकमाथि सर्वोच्च अदालतको निर्णय) गरेका थियौं र यो करिब तीन बजे पूरा भएको थियो । शो समाप्त भएपछि रोहितले भने, ‘बस आज निकै मजा आयो । रोहित उत्साही पत्रकार र उद्घोषक थिए । श्रद्धाञ्जली रोहित ।’

राजदीपले आफ्नो दोस्रो ट्वीटमा रोहितको मृत्यु हृदयघातका कारण भएको बताएका छन् । शुक्रबार अपरान्ह जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले ट्वीट गरेर रोहितको मृत्युको जानकारी दिए । रोहित जी न्यूजमा उनका सहयोगी थिए ।

सधै आफैसंग टिभीमा आउने रोहितको मृत्युको खबर आफैले रिपोर्टिङ गर्नु पर्दा आजतकका टिभी जर्नलिस्टहरुको आशु रोकिएको छैन । भिडियो हेर्नुहोस ।

 

प्रतिकृया दिनुहोस्