Friday, September 24

विदेशीक रोजगारीमा जाँदै हुनुहुन्छ? लकडाउनको बेला एअ रपोर्ट सम्म कसरी पुग्ने ? हेर्नुहोस्..

2021-05-01 1067

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्नका लागि यात्रुले घरमै ट्याक्सी बोलाउन सक्ने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका प्रिपेड ट्याक्सीले घरमै पुगेर यात्रु लिन पाउने कार्यालयले जनाएको छ । यात्रुले घरबाटै फोन गरेर ट्याक्सी बोलाउन सक्नेछन् ।

यसका लागि विमानस्थलले ट्याक्सीको नम्बरसमेत उपलब्ध गराएको छ । यस्तै भिसा र हवाई टिकट भएका यात्रुले विमानस्थलका ट्याक्सीबाहेक अरू गाडीको पनि प्रयोग गर्न सक्ने पनि विमानस्थल कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

यस्तो छ सुचना.. हवाई यात्रुको जानकारीको लागि ( Information to Air Passenger)

*Passenger travelling by Air can use ground transportation facility to and from Airport subject to the possession of Valid Air Ticket/ Passport/ Visa as per prohibitory order issued by District Administration Office Kathmandu dated 2078-01-13 Bs
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०७८।०१/१३ गते जारी गरिएकौ निषैधाज्ञामा उल्लेख भए वमोजिम यात्रुको साथमा रहेको वैधानिक हवाई टिकट /पासपोर्ट/भिसाका आधारमा हवाई यात्रा प्रयोजनको लागि विमानस्वल आवत/जावत गर्न सक्नेछ )

*Prepaid Taxi Services Authorized by TIACAO to conduct at airort (conducted by Bimanasthal Hawai Yatru Yatayat Sewa Byabastha Ltd. green plate, tourist taxi) is available upon arrival at Airport and even to pickup from city to the airport (on call Basis)
(विमानस्थलमा सञ्चालनको लागि त्रि.अ.वि.ना.उ.का.बाट स्वीकृति प्राप्त प्रीपेड पर्यटक ट्याक्सी (
विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लि. मार्फत सञ्चालित, हरियो प्लेट) को सेवा
विमानस्थल आगमन पाकिंगमा र शहरबाट बिमानस्थलमा आउनको लागि समेत अन कल वेसिसमा
उपलब्ध हुनेछ ।

३. For further Information about prepaid Taxi, contact no.  प्रीपेड ट्याक्सी सम्वन्धी थप जानकारीको लागि सम्पर्क नं. |

  • अन्तर्राष्ट्रिय तर्फ (International) 9803053351, 9803146122, 9860015513
  • आन्तरिक तर्फ (Domestic) 9841070623, 9841281270
  • Office Contact 014499159, 014474014

 

प्रतिकृया दिनुहोस्