Wednesday, August 4

नेपालमा आज शनिबार कोरोनाका कारण १९ जनाको मृ’त्यु थप ५७६३ जनामा कोरोना पुष्टि !

2021-05-01 430

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ५,७६३ जनामा कोरोना भाइरस (को’भिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संख्या हालसम्मकै उच्च हो। शनिबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।थप १ हजार २८७ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएका छन् ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४९५ जना काठमाडौं उपत्यकाका छन् ।

पछिल्लो २४ घण्टामा काटठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।त्यस्तै वीरगन्जमा वैशाखमा मात्रै १५ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख १ गतेदेखि १७ गतेसम्म गरिएको परीक्षणमा १ हजार ५ सय ४८ जनामा संक्रमण भेटिएको हो।

यो अवधिमा २ हजार ५ सय ९१ जनाको स्वाब परीक्षण गर्दा ६० प्रतिशत भन्दा बढीमा अर्थात् १ हजार ५ सय ४८ जनामा संक्रमण भेटिएको नारायणी अस्पतालका कोभिड को’र्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए। शुक्रबार राति पनि नारायणी अस्पतालको प्र’योगशलामा २८० जनाको स्वाब परीक्षण गर्दा, परीक्षण गरिएका मध्ये ६९ प्रतिशतमा अर्थात् १९३ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि वीरगन्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो। शुक्रबार राति थपिएका १९३ संक्रमितमध्ये पर्सा जिल्लाका मात्र १५१ जना छन्। वीरगन्ज महानगरका मात्रै १३७ जना रहेको डाक्टर दासले जानकारी दिए। यसअघि बिहीबार राति २ सय ८८ जनाको स्वाब नमुना परीक्षण गर्दा आधा भन्दा बढीमा अर्थात् १ सय ७५ जनामा संक्रमण भेटिएको थियो।

त्यस्तै विराटनगर महानगरपालिकाकामा कार्यरत नगर प्रहरी हवल्दारको कोरोना संक्रमणबाट शनिबार विहान मृ’त्यु भएको छ ।विराटनगर – ३ पुष्पलालचौक घर भएका ५७ वर्षिय नगर प्रहरी ह’वल्दार सुर्यबहादुर घिमिरेको उपचारको क्रममा नोबेल अस्पतालमा साढे ५ः४५ बजे मृ’त्यु भएको हो ।

पाँच दिन अघि कोरोना पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बेलुका अस्पताल भर्ना भएका थिए । स्वासप्रश्वासमा समस्या भएपछि नोबेल अस्पतालको आइसियूमा राखेर उपचारको क्रममा घिमिरेको मृ’त्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

ह’वल्दार घिमिरे १७ बर्षदेखि नगर प्रहरीमा का’र्यरत थिए । अपरान्ह २ बजे परोपकार घा’टमा दा’हसं’स्कार गरिने बुझिएको छ । नगर प्रहरी घिमिरेका दुई छोरा र श्रीमति रहेका छन् ।त्यस्तै दाङको कोरोना बिशेष अस्पताल बे’लझुण्डीमा उपचाररत एक संक्रमित महिलाको मृ’त्यु भएको छ ।

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी ४६ बर्षीया ति महिलाको शनिबार विहान दुई बजेर १० मिनेटमा मृ’त्यु भएको हो ।ति महिला वैशाख ११ गते अस्प्तालमा भ’र्ना भएकी थिइन । उनलाई सघन उपचार कक्ष(आइसियु)मा राखेर उपचार गरिएको थियो ।

उनमा नि’मोनिया समेत थियो ।उता बैतडीमा नयाँ भे’रिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जो’खिममा पर्दै गएका छन् ।सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार, जिल्ला अस्पतालको पिसीआर प्रयोेगशालामा कार्यरत एक, सीमानाकास्थित झु’लाघाट हेल्थडेस्कमा कार्यरत एक, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एक र बैतडी प्लसमा कार्यरत एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था ग’म्भीर नरहेको र उनीहरु आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । कोरोना सङ्क्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा ख’टिएका स्वास्थ्यकर्मी सङ्क्रमित हुनथालेपछि स’मस्या भएको छ ।

उहाँले भन्नुभयो, “कोभिडको क्षेत्रमा प्रत्यक्षरुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ, सङ्क्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् ।”जिल्लामा दोस्रो लहरको सङ्क्रमणपछि १८८ मा सङ्क्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण तीव्ररुपले फैलिरहेकाले स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ ।त्यस्तै सिन्धुपाल्चोकमा प्रहरी प्रमुख एसपी राजन अधिकारी सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यसअघि जिल्लाका सिडियो अरुण पोखरेललाई पनि कोराना संक्रमण भएको थियो ।

पीसीआर परीक्षणका लागि पठाइएको ६० नमूनामा २६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । १६ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै चौतारा नगरपालिकाका छन् । यो सँगैं सिन्धुपाल्चोमा संक्रमितको संख्या ८३ पुगेको छ ।

त्यस्तै सिन्धुपाल्चोकका थप एक कोरोना संक्रमितको मृ’त्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया राजन गिरीको मृ’त्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।उनलाई हिजो जिल्ला अस्पतालबाट धुलिखेल रि’भर गरिएको थियो ।

हिजो बेलुका को’भिड पोजेटिभ देखिएका उनको आज बिहान मृ’त्यु भएको हो ।चार वर्ष अघि मु’टुको श’ल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृ’त्यु भएको हो । आ’इसीयु बेड नभएपछि उनको इ’मर्जेन्सी कक्षमा रा’खेर उपचार गरिएको थियो ।

दोस्रो लहरमा सिन्धुपाल्चोककै कोरोना संक्रमितको मृ’त्यु भएको पहिलो घ’टना हो भने यसअघि सि’न्धु विकास बैंकमा काम गर्ने एक कर्मचारीको कोरोना संक्रमणका कारण मृ’त्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्