Saturday, May 8

आज थपिए यति धेरै कोरोना संक्रमित, कुन उमेरका कति संक्रमित थपिए ?

2021-05-03 390

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ७ हजार ४४८ जना संक्रमित थपिएका छन् । जसमध्ये ९ वर्षसम्मका बालबालिका १५६ जना र १० देखि १९ वर्षका ४३९ जना रहेका छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ६८८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक १ हजार ८७१ जना छन् । ४० देखि ४९ वर्षका १ हजार ३६९, ५० देखि ५९ वर्षका ९८८ जना, ६० देखि ६९ का ५२२ जना छन् ।

त्यस्तै, ७० देखि ७९ का २२० जना, ८० देखि ८९ का ७९ जना, ९० देखि १०० वर्ष उमेरका ९ जना र उमेर नखुलेका ४७ जना छन् । अहिले देशभर ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि… आज नेपालमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित ,३७ जनाले मृत्यु … नेपालमा आज ७४४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको ज्यान गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६५८ जनाको पीसीआर परिक्षण भएको छ भने ५१८ जनाको एन्टीजेन परिक्षण भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७३८८ र एन्टी जेन बिधि बाट ७० जना गरि कुल ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै गत बुधबार कोरोनाबाट मृ’त्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रा’स फैलिएको छ ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित ब’थनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरि नै त्रा’स फैलिएको स्थानीयवासीले बताएका छन् ।गत बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृ’त्यु भएकामा उनको मलामीमा सहभागी ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । म’लामीमा गएका ६०÷७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना सङ्क्रमणबाट दुईको मृ’त्यु-जिल्लाको जलेश्वर नगरपालिकामा गएराति कोरोना सङ्क्रमणबाट दुईको मृ’त्यु भएको छ । भारतबाट आवागमन खुल्ला रहेको अवस्थामा भारतमा आफ्ना ना’तेदार कहाँ बिहेमा सहभागी जलेश्वर नगरपालिका–२ बस्ने ५५ वर्षीय एक महिलाको गएराति काठमाडौँमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

त्यस्तै जलेश्वर नगरपालिका–२ बस्ने अर्की एक महिलाको पनि धरानमा उपचारका क्रममा मृ’त्यु भएको छ । यसअघि महोत्तरीको विभिन्न ठाउँमा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृ’त्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्