Wednesday, September 19

पारस खड्काको अाक्रमक प्रदर्शन नेपाल मजबुत स्थितिमा

काठमाडौं । विश्व कप छनोट अन्तर्गत अहिले नेपाल र अफगानिस्तान भिडिरहेका छन् । खेलको चौथो अोभरमा नै अनिल शाहलाई पहिलो विकेटको रुपमा गुमाएको नेपाली टिमलाई अहिले कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले राम्रो खेलिरहेका छन् । अहिले पारस खड्काले निकै अाक्रमक इनिङ खेलिरहेका छन् ।

यो खबर तयार गर्दासम्म नेपालले १२ अोभरमा १ विकेटको क्षति ४५ रन बनाएको छ ।

प्रतियोगिताकै प्रमूख दाबेदारको रुपमा लिइएको अफगानिस्तान लगतार तीन हारपछि प्रतियोगिताबाट लगभग बाहिरिइसकेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई ७ विकेटको नतिजा सुम्पिएको अफगानिस्तानले दोस्रो खेलमा जिम्बाब्वेलाई २ रन र तेस्रो खेलमा डकवर्थ लुइस पद्धतीमा हङकङलाई ३० रनको नतिजा सुम्पिएको थियो।

त्यसैले अफगानिस्तान पनि नेपाललाई पराजित गर्दै गणितीय रुपमा भए पनि सुपर सिक्स प्रवेश सम्भावना जीवित राख्न चाहन्छ । तर अफगानिस्तानलाई नेपालविरुद्धको जितमात्र पनि पर्याप्त नबन्न सक्छ । यस्तोमा अफगानिस्तानले नेपालविरुद्ध भारी अन्तरको जितका साथ अन्तिम खेलमा नेपालले हङकङलाई भारी अन्तरले पराजित गरेको देख्न पाउनु पर्छ । हङकङ, नेपाल र अफगानिस्तानले एक–एक खेल जिते रनरेटले सुपर सिक्समा पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ।

शनिबार हुने समूह ‘बी’ को अर्र्काे खेलमा जिम्बाब्वेले हङकङसँग प्रतिस्पर्धा गर्दा समूह ‘ए’ मा नेदरल्यान्ड्सले पपुवान्युगिनी र वेस्ट इन्डिजले आयरल्यान्डसँग खेल्नेछन्।

नेपाल भर्सेस अफगानिस्तान

स्थान : बुलावायो एथलेटिक, बुलावायो, जिम्बावे
प्रतिस्पर्धा : एकदिवसीय विश्वकप छनोट, म्याच १६
मिति : फागुन २६ गते शनिबार, दिउँसो : १:१५ बजे

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी

अफगानिस्तान : असगर स्टेनिकज़ाई (कप्तान), डावलत जदरान, गुलबदीन नाइब, इहसानुल्ला जानत, मोहम्मद नबी, मोहम्मद शहजाद, नासिर जमाल, जावेद अहमदी, मुजीब रहमान, नजीबुल्लाह ज़द्रन, रहमत शाह, रशीद खान, सामील्ला शिनवारी, शाहपुर जडरान और शारफुद्दीन अशरफ फिल सिमंस (कोच)

 

Similiar Post